२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

shivam cement
२०८२ मंसिर २० गते १७:४५
Shares
५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

दीपेन्द्र शाक्य, संखुवासभा : संखुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शय्याको अत्याधुनिक आधारभूत अस्पताल शनिबार उद्घाटन गरिएको छ ।

नवनिर्मित अस्पतालमा चिकित्सकसहितको दक्ष स्वास्थ्य टोलीले सेवा प्रदान गर्नेछ । अस्पतालले पोष्टमार्टम, ल्याव, फार्मेसीलगायतका सेवा उपलब्ध गराएको छ । निकट भविष्यमा एक्स–रे, भिडियो एक्स–रे लगायतका थप प्रविधिमैत्री सेवा विस्तार गरिने अध्यक्ष लिम्बुले बताए ।

६ करोड ९७ लाख ८ हजार १ सय ४३ रूपैयाँको लागतमा बनेको अस्पतालमा सबै सेवा पाउने भएपछि स्थानीयबासीको बाहिर गएर उपचार गराउनुपर्ने बाध्यता टरेको छ । 

‘सभापोखरीमा अहिलेसम्म ७ वटा स्वास्थ्य सेवा केन्द्रमार्फत उपचार सेवा दिइँदै आएको थियो, अब नयाँ अस्पताल सञ्चालनमा आएसँगै गाउँपालिकाबासीलाई स्वास्थ्योपचारमा थप सहज हुने प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए । 

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य र गाउँपालिका अध्यक्ष भीम सिङ्था लिम्बुले शनिबार अस्पतालको औपचारीक रूपमा उद्घाटन गरेका छन् ।

सम्बन्धित खबर