२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर २० गते २०:२४
Shares
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रौतहट : रौतहटको चन्द्रपुर–६ मोथिहायी पुल नजिकै बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा वृन्दावन–२ बिश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको हो । 

तीव्र गतिको बसले मोटरसाइकललाई ठक्कर दिँदा पटेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुर्घटना भएलगत्तै मृतकका परिवारले उचित क्षतिपूर्तिको माग, चालक तथा बसधनीमाथि कडा कारबाही गर्न माग गरेका छन् । उनीहरूले मृतक पटेललाई शहीद घोषणा गर्नुपर्ने माग राखेका छन् । 

आफन्तले दोषीमाथि कारबाही गर्न माग गर्दै चन्द्रनिहपुर चोकमा चक्कानाम गरेका छन् । चक्काजामका कारण पूर्व–पश्चिम राजमार्ग बन्द भएको छ ।  

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले वार्तामार्फत राजमार्ग सुचारू गर्ने तयारी गरेका छन् । बस चालक भने फरार छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर