२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

अन्य प्रदेशमा एमालेबाहेकका दलसँग सत्ता समीकरण बन्छ : संयोजक प्रचण्ड

shivam cement
२०८२ मंसिर २० गते २०:५९
Shares
अन्य प्रदेशमा एमालेबाहेकका दलसँग सत्ता समीकरण बन्छ : संयोजक प्रचण्ड

जनकपुरधाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले बाहेकको समीकरण अन्य प्रदेशहरूमा पनि बनाउनुपर्ने बताएका छन् । शनिबार जनकपुरधाममा सम्पन्न एकता सभालाई सम्बोधन गर्दै उनले कोशी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एमाले बाहेकका दलहरूसँग सत्ता समीकरण हुने बताएका हुन् । 

प्रचण्डले मधेसमा कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी तथा मधेश केन्द्रित दलहरूबीच समीकरण बनेकोले अब अन्य प्रदेशमा समीकरणको शुरुवात गर्ने बताए । कम्युनिस्टहरूबीचको एकता प्रक्रियालाई जारी राख्ने बताउँदै एमालेमा आवद्ध नेतालाई समेत एकतामा सामेल हुन आह्वान गरे । 

उनले भने, ‘यो एकता प्रकृया नेकपा माले, मसाल हुँदादेखिको योजना रहेको र अहिले पनि एमाले पार्टीमा रहेका देशभक्त कम्युनिस्टहरूलाई नेकपामा सामेल हुन आह्वान गर्न चाहन्छु ।’ 

उनले शक्तिशाली नेपाली कम्युनिस्ट पार्टीले नै मुलुकलाई समृद्ध बनाउने दाबी गरे । नेकपाले जनकपुरधाममा एकताको सन्देश सभा सम्पन्न गरेको छ । –न्युज एजेन्सी नेपाल

सम्बन्धित खबर