२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अनुपम प्रकृति र संस्कृतिको संरक्षण गर्नुपर्छ : सञ्चारमन्त्री खरेल 

shivam cement
२०८२ मंसिर २० गते २१:२५
Shares
अनुपम प्रकृति र संस्कृतिको संरक्षण गर्नुपर्छ : सञ्चारमन्त्री खरेल 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालको अनुपम प्रकृति र ऐतिहासिक–सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन अत्यावश्यक भएको बताएका छन् । 

शनिबार पाटन दरबार क्षेत्रको अवलोकन क्रममा उनले ललितपुरको परम्परागत कला, संस्कृति र सम्पदालाई जोगाउँदै पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । 

‘नेपालको इतिहास, कला र संस्कृतिको जगेर्ना गर्दै यही माध्यमबाट विश्वमा देशलाई परिचित गराउनुपर्छ,’ मन्त्री खरेलले भने, ‘ललितपुरको सांस्कृतिक सम्पदा र खानाका संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा उभ्याउन आवश्यक छ ।’

उनका अनुसार विभिन्न जातजाति, भाषा र संस्कृतिबाट बनेको नेपालको मौलिक पहिचान जोगाउन सबैको सहभागिता अपरिहार्य छ । संघ, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर सम्पदा शहर ललितपुरको मूर्त–अमूर्त सम्पदाको संरक्षणमा काम गर्नुपर्ने उनले बताए ।

मन्त्री खरेलले कृष्ण मन्दिर, पाटन दरबार संग्रहालय तथा त्यहाँ चलिरहेको ‘क्राफ्ट एण्ड कल्चरल फेस्टिभल’को समेत अवलोकन गरेका थिए । पाँच दिने प्रदर्शनीमा परम्परागत कला–संस्कृति झल्काउने सामग्रीहरू प्रदर्शित छन् ।

पाटन शहर उपत्यकाका पुराना शहरमध्ये सबैभन्दा प्राचीन मानिन्छ । युगग्राम, यल, मिनङ्ल, ललितपाटन जस्ता पुराना नामले परिचित पाटनको केन्द्रीय भागमा रहेको दरबार क्षेत्र एक महत्त्वपूर्ण ऐतिहासिक धरोहर हो ।

सम्बन्धित खबर