२०८३ कार्तिक २४ गते मङ्गलवार / Nov 10 , 2026 , Tuesday
२०८३ कार्तिक २४ गते मङ्गलवार

मलेसियामा आकस्मिक बाढीमा परी नेपालीसहित ५ जनाको मृत्यु, तीन जना अझै बेपत्ता

Nada
तिलोचन गौतम
२०८३ कार्तिक २४ गते १४:५०
Shares
मलेसियामा आकस्मिक बाढीमा परी नेपालीसहित ५ जनाको मृत्यु, तीन जना अझै बेपत्ता

मलेसिया : मलेसियाको सेलाङ्गोर राज्यस्थित लाता जेबुस क्षेत्रमा अचानक आएको बाढीमा परी बेपत्ता भएका तीन जनाको खोजी तथा उद्धार कार्य सुंगाई सेलाङ्गोर बाँधसम्म विस्तार गरिएको छ।

कम्पुङ पर्ताकस्थित सुंगाई पर्ताक झरनानजिक सोमबार (नोभेम्बर ९) साँझ आएको आकस्मिक बाढीमा आठ जना बगेका थिए। उनीहरूमध्ये तीन जना अझै बेपत्ता रहेका छन्।

सेलाङ्गोर अग्नि तथा उद्धार विभागका सहायक सञ्चालन निर्देशक असरुल रिजाल असबारका अनुसार उद्धार टोलीले सुंगाई लुइट नदीको लाता जेबुसदेखि सुंगाई सेलाङ्गोर बाँधसम्मको क्षेत्रमा खोजी केन्द्रित गरेको छ। घटनास्थलदेखि करिब तीन किलोमिटर क्षेत्रलाई खोजीको दायरामा समेटिएको उनले बताए।

उनका अनुसार मंगलबार (नोभेम्बर १०) बिहान १ः३० बजे पहिलो मृतकका रूपमा ३६ वर्षीय भी. विजयन फेला परेका थिए। उनलाई बाढीले बगाएको स्थानबाट करिब २.७ किलोमिटर टाढा पर्ताक पुलनजिक उनको शव भेटिएको थियो।

त्यसैगरी मंगलबार बिहान १०ः१२ बजेतिर लाता जेबुसबाट करिब एक किलोमिटर टाढा सेङ्गेट पुल र झोलुङ्गे पुलनजिक अन्य चार जनाको शव फेला परेको थियो। उनीहरूको पहिचान र राष्ट्रियता भने पुष्टि हुन बाँकी रहेको जनाइएको छ।

सोमबार साँझ करिब ५ः३० बजे आएको तीव्र पानीको बहावले एक यमनी, एक मलेसियाली, एक श्रीलंकाली, एक नेपाली र चार भारतीय नागरिकसहित आठ जनालाई बगाएको थियो।

मंगलबार दिउँसो करिब १२ बजे चार जनाको शव बोकेको प्रहरी ट्रक घटनास्थलमा स्थापना गरिएको घटना कमान्ड पोस्टबाट बाहिरिएको थियो। शवलाई पोस्टमार्टमका लागि सुंगाई बुलोह अस्पताल लगिएको बताइएको छ।

laxmi recruitement

सम्बन्धित खबर