
काठमाडौं : बागमती प्रदेशको राजधानी हेटांैडा बजारको सडक स्तरोन्नतिको योजना बनेको ५० वर्षपछि विस्तार गरिएको छ । सडक विस्तारको विषय उठेको ५० वर्षमा सो सडक फराकिलो बनाउने योजना कार्यान्वयन आएको हो ।
सडक डिभिजनले शनिबार ठुला उपकरण प्रयोग गरेर बजार क्षेत्रका अवैध घरटहरा भत्काएको जनाएको छ । ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर सडक डिभिजन हेटौंडाले सडक सीमाको केन्द्ररेखादेखि २५÷२५ गज (७५÷७५ फिट) भित्र यसअघि नै रेखांकन गरिएका घरटहरा र संरचना छ । रातोमाटेदेखि कर्रा चोक, मेनरोड, बुद्धचोक, राप्तिरोड, पिपलबोट हुँदै चौकीटोल क्षेत्रका सडक सीमाभित्र निर्मित घरटहराका भत्काएर सडक फराकिलो बनाएको सडक डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए ।
महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको ८ दशमलव ५ किलोमिटर सडक विस्तार हुँदै छ । सडक डिभिजनले ५ सय ३१ वटा निर्मित घर, टहरा तथा अन्य संरचना भत्काउने सूचीमा राखेको थियो । गत मंसिर ५ गते १५ दिने सूचना जारी गर्दै त्यस्ता घर टहरा हटाउने भने पनि स्थानीयले अटेर गरेका थिए ।
१५ दिने म्याद सकिनासाथ शनिबार बिहानैदेखि हेटांैडा बजारभित्र डोजर चलाइयो । एक्कासि भर तथा टहरामा डोजल चलेपछि स्थानीयले आतंकित भएको बताएका छन् । उनीहरूले वर्षैंदेखि भोग चलन गर्दै आएको घरबास उठाएको भन्दै डोजर आतंकको विरोध गरेका छन् । तर सडक विभागले भने सडकको केन्द्रबिन्दुबाट २५÷२५ गजभित्र सडकको दायाँतर्फ २ सय ३४ वटा र बायाँतर्फ २ सय ९७ वटा घर, टहरा र संरचना भत्काउनुपर्ने मापदण्डअनुसार स्थानीयलाई समयमै सूचित गर्दा पनि अडटेर गरे पनि डोजर लगाउनुपरेको बताएको छ । २०११ सालपछि बस्ती बस्न थालेको हेटौंडा बजार ७० वर्षसम्म देशकै प्रमुख सहर बनेको थियो । तत्कालीन मध्यमाञ्चल क्षेत्रको सदरमुकाम रहेको यो स्थान अहिले बागमती प्रदेशको राजधानी हो ।
सार्वजनिक सडक ऐन, २०३१ जारी भएर २०३३ सालमा पहिलोपटक सरकारले राजपत्रमा सडक सीमाबारे सूचना प्रकाशित गरेको विभागले जनाएको छ । बस्ती भत्काएसँगै ५० वर्ष पुरानो सडक सीमाको विवाद टुंगिएको अब हटेको २०५१ सालमा सुकुमबासी समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष तथा संविधान सभा सदस्य अनन्त पौडेलले बताए । ‘सडक डिभिजन हेटौंडाले एसियन हाइवे निर्माणका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा निर्मित घरटहरा र संरचना हटाएर सडक विस्तार सुरु गरेसँगै पाँच दशकको विवाद, अन्योलता हटेको छ,’ उनले भने ।