
काठमाडौँ : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शपथ लिने भएका छन् ।
बिहान ११ बजे शपथ तय भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव एमाले बाहेकका सात दलका ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि काँग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् ।