२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

shivam cement
२०८२ मंसिर २१ गते २०:०८
Shares
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

दोलखा : दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तामाकोशी–मन्थली सडकअन्तर्गत बैतेश्वर गाउँपालिका–६ स्थित तामाकोशी नदी नजिकै भएको मोटरसाइकल दुर्घटनामा बैतेश्वर गाउँपालिका–१ गैरीमुदीका ३० वर्षीय अंकितराज उप्रेतीको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उप्रेतीको चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मेलुङ गाउँपालिका–१ पवटीका ३० वर्षीय दोर्जे लामा घाइते र उनको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले जानकारी दिए । –रासस

सम्बन्धित खबर