२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

shivam cement
२०८२ मंसिर २२ गते १२:००
Shares
रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी

काठमाडौं : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताएका छन् । सोमबार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरूलाई राज्यले प्रताडित गर्न नहुने बताएका हुन् ।

उनकाअनुसार एकतर्फी रूपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटि देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रूपमा हुनुपर्ने बताउँदै उनले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशीघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताए ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दीले असर गरेको बताए । उनकाअनुसार हिजोका दिनमा गरिएका कानुनी त्रुटि, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानुनी कामहरूले पनि यो अवस्था आएको हो । कानुन र खरिदसम्बन्धी त्रुटिहरूलाई सुधारेर लैजानुपर्ने उनको भनाइ छ ।

उनले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरू नतोडिएको समेत बताए । सिग्देलकाअनुसार कतिपय ठेक्काहरू चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमबार बिहान प्रभातफेरिसमेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

सम्बन्धित खबर