२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सामान्य अंकले घट्यो नेप्से

shivam cement
२०८२ मंसिर २२ गते १५:३४
Shares
सामान्य अंकले घट्यो नेप्से

काठमाडौं : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले घटेको छ । आज बजार बन्द हुँदा नेप्से ३ अंकले घटेर परिसूचक २६०६.६७ बिन्दुमा आएको छ । आज नेप्से घट्दा ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड १ लाख ४६ हजार ४०० कित्ता सेयर कारोबार भएको छ । 

बजार बन्द हुँदा ९९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । दिनभरमा ३३१ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार २७३ पटक सेयर किनबेच भएको छ ।

आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । १३ वटा समूहमध्ये हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र ट्रेडिङ समूह बाहेक सबै समूह घटेको छ । 

सम्बन्धित खबर