
जेद्दा : साउदी अरबको जिजानस्थित अलफनार कम्पनीमा कार्यरत सिराहा निवासी बिरिन्दर महरा केही दिनदेखि बेपत्ता भएका छन् । महरा बेपत्ता भएको जानकारी प्राप्त भएपछि साउदीस्थित नेपाली दूतावासले खोजीकार्यलाई तीव्र बनाएको जनाएको छ ।
दूतावासका अनुसार राहदानी नम्बर पिए २८९४७७० तथा साउदी आवासीय अनुमति (इकामा) नम्बर २५८५२३६८२७ भएका महरा कम्पनीको सम्पर्कमा पनि छैनन् । कम्पनीबाट बेपत्ता भएको सूचना प्राप्त भएपछि दूतावासले स्थानीय प्रहरी, प्रशासन तथा विभिन्न डिटेन्सन सेन्टरहरूसँग समन्वय गर्दै उनको अवस्थाबारे जानकारी प्राप्त गर्ने प्रयास गरिरहेको छ ।
महराको खोजीकार्यमा सघाउन दूतावासले साउदीमा रहेका नेपाली समुदाय, संघ–संस्था तथा व्यक्तिगत रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई अपील गरेको छ । महराबारे कुनै पनि जानकारी प्राप्त भएमा यी नम्बरहरूमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
मोबाइल/व्हाट्सएपः ०५८३६२६५३०, ०५३८५०२१९२, ०५९६७२६७०७, ०५३५०२४१६९, जिजानस्थित दूतावास प्रतिनिधि : ०५७८४०१०१४ दूतावासले महराको अवस्थाबारे पत्ता लगाउन सबै निकायसँग निरन्तर समन्वय जारी राखेको जनाएको छ ।
