२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

पर्वत समाज कतारको वार्षिकोत्सवमा शर्मा र सुनारले प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर २३ गते १८:३४
Shares
पर्वत समाज कतारको वार्षिकोत्सवमा शर्मा र सुनारले प्रस्तुति दिँदै

दोहा कतार : अग्रज लोक तथा दोहोरी गायक, सर्जक बुद्धिराम शर्मासहित सारेगमा लिल च्याम्प सिजन-१ का फाइनलिस्ट अरुण सुनार मंगलबार कतार आइपुगेका छन् । कतारमा रहेका पर्वतेहरूको साझा सामाजिक संस्था पर्वत समाज कतारको २३औं वार्षिकोत्सव तथा वार्षिक साधारण सभा एवं विविध सांस्कृतिक कार्यक्रम २०२५ मा सांगीतिक प्रस्तुति दिन गायकद्वय कतार आइपुगेका हुन् । अतिथि कलाकारको स्वागतका लागि हमाद विमानस्थलमा समाजका विभिन्न पदाधिकारीहरू पुगेका थिए । 

नेपाली लोक गीत संगीतका धरोहर मानिने शर्माले रूमाल रुझाउँछु, जुन उदाए तारा मधुरो, उड्ने चरी, मधुबनैमा, बस्छु टोलाउँदै, हावा चलोस् पात नझरोस्, पानी कुवाको, संसार साराको लगायत सयौं गीतमा आफ्नो स्वरसँगै संगीत पनि भरेका छन् । सुनारका अल्झिँदो यो मन, जहाँ जन्मे पनि लगायतका गीत सार्वजनिक छन् भने उनले प्रतिस्पर्धामा गाएका वारि जमुना पारि जमुना, गल्ती हजार हुन्छन् लगायतका गीत निकै चर्चित गीत हुन् ।

कतारमा रहेका करिब एक दर्जन कलाकारले समेत सांगीतिक प्रस्तुति दिने कार्यक्रममा यहाँको मानवअधिकार आयोगका नेपाली प्रतिनिधि प्रोफेसर मोहम्मद रमजान अलि मियाले कतारको पछिल्लो कानुनका बारेमा प्रशिक्षित गर्ने समाजका अध्यक्ष सन्तोष क्षेत्रीले जानकारी दिए । क्षेत्रीले कलाकारको आगमनसँगै कार्यक्रमको तयारी पूरा भएको बताउँदै आउँदो शुक्रबार मध्याह्न १२ बजे अलत्तियाको फूलबारी रेस्टुरेन्टको सभा हलमा उपस्थित हुन कतारवासी नेपालीहरूलाई आग्रह गरेका छन् । कार्यक्रममा प्रवेश निःशुल्क रहेको छ ।

सम्बन्धित खबर