२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

सेयर बजार झिनो अंकले घटयो

shivam cement
२०८२ मंसिर २५ गते १५:५५
Shares
सेयर बजार झिनो अंकले घटयो

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १.६६ अंकले घटेर नेप्से २६०७.३७ मा बन्द भयो । यद्यपि यो साता भने बजार ४.४२ अंकले बढेको छ ।

आइतबार २६०२.९५ बिन्दुबाट सुरु भएको नेप्से मंगलबार ७.३९ अंकले बढे पनि वृद्धि टिकेन र बुधबार ५.०३ तथा बिहीबार १.६६ अंकले फेरि घट्यो ।

आज ३२६ कम्पनीको कारोबारमा ९८ को मूल्य बढ्यो भने १४९ घट्यो । बैंकिङ, लाइफ इन्स्योरेन्स, उत्पादन, माइक्रोफाइनान्स र व्यापारबाहेक अधिकांश उपसूचक घटे ।

करोबार रकम आज ३ अर्ब ४९ करोड ७९ लाख रुपैयाँमा झर्‍यो, जुन अघिल्लो दिनको ३ अर्ब ७३ करोड ८७ लाखभन्दा कम हो ।

स्वस्तिक लघुवित्त र एसवाई प्यानलमा सकारात्मक सर्किट लाग्दा, बुधबार सर्किट लागेको मुक्तिनाथ कृषि कम्पनी आज ८.४२ प्रतिशतले घट्यो । सबैभन्दा बढी कारोबार न्यादी ग्रुप पावर, श्रीनगर एग्रिटेक, सागर डिस्टिलरी र नेपाल लाइफमा भयो ।

सम्बन्धित खबर