२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

shivam cement
२०८२ मंसिर २६ गते ११:५६
Shares
कांग्रेस चितवनले मापदण्ड निर्धारण गरेर उम्मेदवार सिफारिस गर्ने

चितवन : नेपाली कांग्रेसचितवनले तत्कालीन संविधानसभा निर्वाचनपश्चात् समानुपातिकमा नाम समावेश भएकाहरूलाई यस पटक समानुपातिकमा सिफारिस नगर्ने भएको छ । पार्टीको बिहीबार बसेको बैठकले विधि बनाएर सिफारिस गरेको हो ।

जिल्ला सभापति राजेश्वर खनालका अनुसार अगामी माघ ११ गते हुने राष्ट्रियसभा र फागुन २१ गते हुने प्रत्यक्ष तथा समानुपातिक निर्वाचनका लागि विधि तय गरी सिफारिस गरिएको हो । दोस्रो संविधानसभा निर्वाचन विसं २०७० पश्चात् प्रत्यक्षबाहेक अन्य प्रणालीबाट संघ तथा प्रदेशमा जिल्लाभित्र क्रियाशील सदस्यता लिई सफलता प्राप्त गरेकाको हकमा यस पटक प्रत्यक्ष निर्वाचनमा मात्रै सिफारिस गरिएको उनले बताए ।

यसबाट पार्टीका केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्य अञ्जनी श्रेष्ठ, केन्द्रीय सदस्य शान्ति परियार, बागमती प्रदेशका पूर्वमन्त्री मिलनबाबु श्रेष्ठलगायतले यस पटक प्रत्यक्षबाहेकमा सिफारिस नहुने भएका छन् । 

 तीनवटै क्षेत्रबाट आएका नामलाई जिल्लाले बनाएको यही विधिअनुसार राय लेखेर केन्द्रमा पठाइने सभापति खनालले बताए । 

सम्बन्धित खबर