२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

shivam cement
२०८२ मंसिर २६ गते १२:४१
Shares
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौँ : पाल्पाको निस्दी गाउँपालिका-४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मित्याल-अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी-४, च्युरीबास नजिकै एकलफोक्सिंङ भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

नवलपुरको अरुण खोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ ।

सम्बन्धित खबर