२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओली प्रवृत्ति रोक्न पोखरेल नेतृत्वको छुट्टै समूह बनायौं : पाण्डे 

shivam cement
२०८२ मंसिर २६ गते १४:३६
Shares
ओली प्रवृत्ति रोक्न पोखरेल नेतृत्वको छुट्टै समूह बनायौं : पाण्डे 

काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि घुम्ने मानिसलाई मात्र योग्य ठान्ने संस्कारको अन्त्य गर्नुपर्ने बताएका छन् । 

काठमाडौंमा आयोजित युवा भेलामा उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै यस्तो संस्कार रोक्नकै लागि महाधिवेशनमा छुट्टै समूह बनाएर उम्मेदवार बन्न लागेको बताए । पाण्डे ईश्वर पोखरेलको पक्षमा रहेका छन्, जसले अध्यक्षमा उम्मेदारी घोषणा गरिसकेका छन् । 

पाण्डेले कार्यकर्ताले आफैं मूल्यांकन गरेर नेतृत्व छान्ने परम्परा बसाल्नुपर्ने र सामूहिक ढंगले पार्टी अघि बढाउन नयाँ नेतृत्व अनिवार्य भएको बताए । पार्टीलाई कसैले हल्लाउन नसक्ने संरचनाका लागि महाधिवेशन निर्णायक हुने उनको भनाइ थियो ।  

त्यसैगरी, उनले अध्यक्ष ओलीले दुई कार्यकालमा सीमित रहने प्रावधानलाई फेरि संशोधन गरेको भन्दै असन्तुष्टि जनाए ।

सम्बन्धित खबर