२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कार्की नेतृत्वको मन्त्रिपरिषद्का नयाँ ४ मन्त्रीले शपथ लिँदै 

shivam cement
२०८२ मंसिर २६ गते १४:५८
Shares
कार्की नेतृत्वको मन्त्रिपरिषद्का नयाँ ४ मन्त्रीले शपथ लिँदै 

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले शुक्रबार चार जना नयाँ मन्त्री थप्ने तयारी गरेको छ । 

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार, कुमार इङनामलाई भूमि मन्त्रालय, माधव चम्लागाईंलाई वन तथा वातावरण मन्त्रालय, राजेन्द्र सिंह भण्डारीलाई श्रम तथा संस्कृति मन्त्रालय र श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका मन्त्रालयमा नियुक्त गर्ने योजना बनाइएको छ ।

राष्ट्रपति कार्यालयका स्रोतका अनुसार, उनीहरूलाई शपथ खुवाउन पत्र पनि पठाइसकिएको छ । यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हालाई पर्यटन मन्त्रालयमा सरुवा गरिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री कार्कीको हाल १० जना मन्त्री रहेका छन् र चारजना थपिएपछि मन्त्रिपरिषद् १४ जनामा पुग्नेछ । सुरुमा १० जना मात्रै मन्त्री बनाउने निर्णय गरेकी कार्कीले कामकाजमा सहजता ल्याउन मन्त्री थप्ने निर्णय गरेकी हुन् । 

नयाँ मन्त्रीको पद तथा गोपनीयताको शपथ अपरान्ह ३ बजे रहेको छ ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारमा २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको थियो, जसमा तीन राज्यमन्त्रीसमेत थिए ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले ओलीको सरकार अपदस्त गरेपछि सुशीला कार्की नेतृत्वको नागरिक सरकार गठन भएको छ ।

सम्बन्धित खबर