२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले सचिवालय बैठक च्यासलमा, पोखरेलले पेस गरेको छुट्टै प्रस्तावमा छलफल 

shivam cement
२०८२ मंसिर २६ गते १५:२०
Shares
एमाले सचिवालय बैठक च्यासलमा, पोखरेलले पेस गरेको छुट्टै प्रस्तावमा छलफल 

काठमाडौं : शनिबारबाट सरु हुने ११औं महाधिवेशनमा पेस हुने प्रस्ताव टुंग्याउन नेकपा (एमाले) सचिवालय बैठक सुरु भएको छ । 

शुक्रबार दिउँसो ३ बजेबाट पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा सुरु भएको हो । 

पार्टी कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार महाधिवेशनको कार्यसूची तथा प्राविधिक विषयमा छलफल बैठक जारी छ । 

बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पेस गरेको छुट्टै राजनीतिक प्रस्ताव महाधिवेशनमा लैजाने–नलैजानेबारे निर्णय गर्ने बताइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रममा शुक्रबार बस्ने बैठकमा प्रस्तावबारे अन्तिम टुंगो लाग्ने बताएका थिए । 

एमालेको ११औं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा सुरू हुँदैछ । 

पोखरेल समूहले मंसिर २१ मा छुट्टै दस्तावेज पार्टीमा बुझाएको थियो । 

तर, संस्थापन पक्षले यो महाधिवेशन नेतृत्व चयनका लागि मात्र भएकाले सो प्रस्ताव प्रवेश नपाउने दाबी गर्दै आएको छ ।

सम्बन्धित खबर