२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

नवनियुक्त ४ मन्त्रीले लिए शपथ

shivam cement
२०८२ मंसिर २६ गते १५:४९
Shares
नवनियुक्त ४ मन्त्रीले लिए शपथ

काठमाडौं : नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार अपराह्न शपथ लिएका हुन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र वन तथा वातावरण मन्त्री माधव चौलागाईंले शपथ लिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा उनीहरूलाई आजै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन् । यस विस्तारसँगै मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर