
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनको निर्वाचनका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।
१० मेसिन ‘ब्याकअप’का रूपमा राखिनेछन् भने एमालेले बिहीबार विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।
हाल ती मेसिनहरू पार्टी कार्यालय च्यासलमा नमुना भोटिङ अभ्यासका लागि राखिएका छन् ।
विद्युतीय भोटिङ मेसिनका निर्माता लक्ष्मण रिमालले प्रशिक्षणको उद्देश्यले भोटिङ प्रक्रिया अभ्यासका लागि मेसिन च्यासलमा राखिएको जानकारी दिएका छन् ।
एमालेको महाधिवेशन शनिबारबाट सुरु हुँदैछ ।