
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्दै शुक्रबार कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री नियुक्त गरेकी छन् ।
चारै जना मन्त्रीले शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरेलगायतको उपस्थिति थियो ।
भूमि व्यवस्था मन्त्रालय कुमार इङ्नाम, श्रम मन्त्रालय राजेन्द्रसिंह भण्डारी, वन मन्त्रालय माधव चौलागाईं र महिला मन्त्रालय श्रद्धा श्रेष्ठलाई जिम्मेवारी दिइँदै मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।
हेर्नुहोस् सूची :
