२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

श्रमिकहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण गराउँदै एनसिसी कतारले मनायो स्थापना दिवस

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर २६ गते १६:३५
Shares
श्रमिकहरूलाई नि:शुल्क स्वास्थ्य परीक्षण गराउँदै एनसिसी कतारले मनायो स्थापना दिवस

दोहा कतार : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले २३औं स्थापना दिवस मनाएको छ । नासिम मेडिकल सेन्टरसँगको सहकार्यमा कतारमा रहेका ३ सय ८६ जना नेपाली श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्दै एनसिसी कतारले शुक्रबार स्थापना दिवस मनाएको हो । 

अस्पतालका विशेषज्ञ चिकित्सकहरूद्वारा रक्तचाप, सुगर, कोलेस्ट्रोल, बिएमआई परीक्षण, ‍दन्त परामर्श तथा आधारभूत स्वास्थ्य परीक्षणका साथै सामान्य चिकित्सकीय परामर्श प्रदान गरिएको थियो ।

संघका अध्यक्ष कृष्ण पन्थीका अनुसार श्रमिकको बाक्लो उपस्थिति रहेका कारण सबैको स्वास्थ्य परीक्षण गर्न समस्या भएपछि कुपन वितरण गरीएको थियो । यही वर्षको अन्त्यसम्ममा नि:शुल्क परीक्षण गर्नेगरी करिब १ सय ८५ जनालाई कुपन वितरण गरिएको छ ।

नासिमसँग एनसिसी कतारले गरेको सम्झौता अनुसार एनसिसीको सदस्यता लिएका देखि कतारमा रहेका आम नेपालीले नासिमबाट प्रदान गरिने सेवा सुविधामा कम्तीमा २५ प्रतिशत छुट पाउनेछन् ।

शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको कार्यक्रम ११ बजेसम्म चलेको थियो । कार्यक्रममा एनआरएनएका अभियन्ता, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित विभिन्न व्यक्तित्वहरू पुगेका थिए । स्थापना दिवसको केक काटेर सुरुवात गरिएको कार्यक्रममा कतार रेडक्रसमार्फत नेपाली समुदायलाई प्राप्त उपहार समेत वितरण गरिएको थियो ।

सम्बन्धित खबर