
काठमाडौं : नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति टेकबहादुर सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
शुक्रबार सुर्खेतमा आयोजित कार्यक्रममार्फत सिंहले रास्वपा प्रवेश गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार पार्टीले आयोजना गरेको एक कार्यक्रममा उनले प्रवेश गरेका हुन् । सिंह सुर्खेतका पूर्वजिल्ला सभापति हुन् भने उनको जिल्लामा निकै राम्रो प्रभाव छ ।