
काठमाडौं : नवनियुक्त मन्त्रीहरूले शपथपछि पदभार ग्रहण गरेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय श्रद्धा श्रेष्ठले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय कुमार इङ्नामले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय राजेन्द्रसिंह भण्डारीले र वन तथा वातावरण मन्त्रालय माधव चौलागाईंले सम्हालेका छन् ।
शुक्रबार अपराह्न साढे ३ बजे शीतल निवासमा शपथ लिएपछि उनीहरूले औपचारिक रूपमा काम थालनी गरेका हुन् । यो विस्तारसँगै मन्त्रिपरिषद् सदस्य संख्या १४ पुगेको छ ।