२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

प्रतिनिधि सभा निर्वाचन : कांग्रेस काठमाडौं-१ बाट आचार्यकाे नाम सिफारिस, काठमाडौं कांग्रेसमा हलचल

shivam cement
२०८२ मंसिर २६ गते १७:३९
Shares
प्रतिनिधि सभा निर्वाचन : कांग्रेस काठमाडौं-१ बाट आचार्यकाे नाम सिफारिस, काठमाडौं कांग्रेसमा हलचल

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेता बाबुराम आचार्यको नाम सिफारिस गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षमा आचार्यको नाम नेता प्रकाशमान सिंहसँगै सिफारिस भएको हो ।

शुक्रबार नेपाली कांग्रेस क्षेत्र नं.१ का सभापति रविन्द्र विक्रम राणाले प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेका हुन् ।

जेनजीलाई पनि मिलाएर लाने, जस्तोसुकै परिस्थितिलाई पनि सम्हाल्न सक्ने लोकतन्त्रका लागि प्रतिबद्ध उनीजस्तो शिक्षित र विकासप्रेमी युवा नेतालाई कांग्रेसले टिकट दिए विजयी हुने निश्चित रहेको स्थानीय कांग्रेसजनले बताएका छन् ।

पटक–पटक मन्त्री बनेका प्रकाशमान सिंहले पार्टी र देशका लागि काम गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला विभिन्न संस्थाबाट समाजसेवामासमेत सक्रिय युवा नेता आचार्यको प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नाम सिफारिस भएसँगै काठमाडौं कांग्रेसमा हलचल मच्चिएको कांग्रेसका युवा नेता सागर भट्टराईले बताए । नेता आचार्यले पत्रकारिता र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

अढाई दशकदेखि नेपाली कांग्रेसमा सक्रिय आचार्य पार्टीभित्र गुट उपगुटभन्दा पनि लोकतन्त्र, देश र जनताका लागि असल भएको नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त पार्टी बनाउनुपर्ने धारणा राख्छन् ।

अधिकांश नेपाली कांग्रेस नेताहरूले शिक्षा स्वास्थ्य नि:शुल्क गर्न नसकिने बताउँदा शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकिने र मुलुक विकासको पहिलो काम नै शिक्षा स्वास्थ्य निःशुल्क गरेपछि हुने उनको दाबी छ । समानुपातिक, प्रदेश संरचना, जातीय राजनीति खारेज गर्नुपर्ने उनको तर्क छ ।

जेनजी आन्दोलनपछि मनोबल घटेका शीर्ष नेताहरुलाई समेत मिलाएर लाने क्षमता राख्ने नेता आचार्यले नेपाली कांग्रेसका संस्थापक समेत रहेका सन्त नेता, पूर्व सभापति स्व. कृष्णप्रसाद भट्टराईसमेते प्रतिस्पर्धा गरेको काठमाडौं क्षेत्र नम्बर १ प्रत्यक्षतर्फबाट टिकट पाउन भने चुनौति नै छ ।

सम्बन्धित खबर