२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

तिज गीत 'पैतालीमा खिल पर्‍यो' बजारमा (भिडियोसहित)

draupadi film
तिलु शर्मा पौडेल
२०८१ साउन १२ गते १६:३२
तिज गीत 'पैतालीमा खिल पर्‍यो' बजारमा (भिडियोसहित)

दोहा, कतार : हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिज नजिकिँदै गर्दा तिज पर्वलाई लक्षित गर्दै सर्जक, गायक, गायिकाहरूले तिज विशेष गीतहरू सार्वजनिक गरिरहेका छन् । विशेषतः नारीहरूको पर्व मानिने तिजमा एक विवाहित चेली माइत आएको बेला आफूले पराइको घरमा गर्नुपरेका दुःख या सुखका अनुभूतिहरूलाई गीतको माध्यमबाट आफ्ना साथीसंगी जम्मा भएर आफ्ना मनोभावना व्यक्त गर्ने चलन परापूर्वकालदेखि चल्दै आएको हो ।  यही पर्वलाई लक्षित गर्दै नयाँ तिज गीत 'पैतालीमा खिल पर्‍यो' बजारमा आएको छ ।

'आइनँ आमा आइनँ, उठेर बसेर मै नाच्न पाइनँ पैतालीमा खिल पर्‍यो आइनँ आमा आइनँ' भन्दै नयाँ तिज गीत बजारमा ल्याइएको हो । जापानमा रहेका कलाकारहरू मिलेर जापानमै छायाँकन गरिएको गीतको भिडियोमा श्रीष गौतम, रेजिना रेग्मी, अनुज पौडेल, शोभा श्रेष्ठ, सिरु गौतम र चिना गिरीको अभिनय रहेको छ । कतारमा कार्यरत नयन शर्माले संगीत भरेको गीतका शब्द कतारमै कार्यरत सन्दीप पोडेलले लेखेका हुन् ।

आफैंमा कुशल कलाकारसमेत रहेका रबिन शर्माले निर्देशन गरेको म्युजिक भिडियोको क्रोरियोग्राफी भने कुशल शर्माले गरेका हुन् । सुनिल परियारले म्युजिक अरेन्ज गरेको गीतमा रामजी पौडेल र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । गोविन्द विष्टले खिचेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् ।


ADV

सम्बन्धित खबर

Advertise