२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मेस्सी एक्कासि बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड

shivam cement
२०८२ मंसिर २८ गते ०९:०५
Shares
मेस्सी एक्कासि बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड

काठमाडौँ : भारतको तीन दिने भ्रमणमा रहेका विश्व प्रसिद्ध अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले एक्कासि रंगशाला छाडेपछि आक्रोशित दर्शकले ‘ब्यारिकेड’ तोडेर मैदानमा आक्रमण गरेका छन्।

अर्जेन्टिना र इन्टर मियामीका सुपरस्टार ३८ वर्षीय मेस्सी शनिबार बिहान पूर्वी राज्य पश्चिम बंगालमा पुगेका थिए । 

मेस्सीको जर्सी लगाएका र अर्जेन्टिनी झण्डा फहराउँदै राज्यको राजधानी कोलकातास्थित साल्टलेक रंगशालामा खचाखच भरिएका हजारौँ समर्थकले मेस्सीलाई प्रत्यक्ष धितमर्ने गरी हेर्न नपाएकोमा गुनासोसमेत गरेका थिए ।

मेस्सीले समर्थकको आतिथ्यताका लागि हात हल्लाउँदै मैदानको वरिपरि घुमेर अपेक्षा गरिएको समयभन्दा पहिले नै स्टेडियमबाट बाहिरिएको रंगशालामा पुगेका दर्शकहरूले बताए । 

टिकटको लागि १०० अमेरिकी डलरभन्दा बढी तिरेका निराश प्रशंसकहरूले आवेगमा रंगशालाका सिटहरू च्यातेका थिए र पानीका बोतलहरू ट्र्याकमा फ्याँकेका थिए भने केहीले मैदानमा प्रवेश गरी ब्यानर र पालहरू तोडफोड गरेका थिए ।

“मेस्सीलाई प्रत्यक्ष हेर्नु मेरा लागि खुसीको कुरा हो, सपना हो । तर, रंगशालाको अव्यवस्थाका कारण एक झलक हेर्ने मौका गुमाएको छु,” ३७ वर्षीय व्यवसायी नवीन चटर्जीले भने । तोडफोड सुरु हुनुअघि मेस्सीले २१ मिटर (७० फिट)को विश्वकपमा अग्लो देखाइएको आफ्नै सालिक अनावरण गरेका थिए । 

उनले स्टेडियममा छोटो प्रदर्शनी खेल पनि खेल्ने अपेक्षा प्रशंसकहरूले गरेका थिए । अर्का एक प्रशंसकले प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) सँग मानिसहरूले मेस्सीलाई हेर्नको लागि ‘एक महिनाको तलब’ खर्च गरेका बताए । 

“मैले टिकटका लागि ५५ हजार रुपैयाँ तिरेको थिएँ र मेरो छोरासँग मेस्सी हेर्न आएको थिएँ, राजनीतिज्ञ होइन । प्रहरी र सेनाका जवानले उहाँसँग सेल्फी खिचिरहेका थिए र यसको दोष व्यवस्थापनको हो,” पिटिआईले दर्शकमध्येका एक अजय शाहलाई उद्धृत गरी लेखेको छ। 

राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आफू अव्यवस्थाबाट ‘विचलित’ र ‘दु:खी’ भएको बताएका छन् । उनले भने, “म यस घटनाका लागि मेस्सी, सबै खेल प्रेमी र उहाँका प्रशंसकहरूसँग माफी माग्छु।”

मेस्सी कोलकातापछि हैदरावाद, मुम्बई र नयाँ दिल्ली जाने कार्यक्रम रहेको थियो । भारतमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने सम्भावना रहेको बताइएको छ । इन्टर मियामीलाई एमएलएसको उपाधि जिताउँदै मेस्सीले लगातार दोस्रो पटक यसै हप्ता ‘मेजर लिग सकर मोस्ट भ्यालुएबल प्लेयर अवार्ड’ जितेका छन्। 

बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पिएसजी)का पूर्व स्ट्राइकर मेस्सीले आगामी जुन–जुलाईमा उत्तर अमेरिकामा हुने विश्वकपमा अर्जेन्टिनाको रक्षापंक्तिको नेतृत्व गर्ने छन् । 

सम्बन्धित खबर