२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

आइजिपी कार्कीको गुनासो- ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’

shivam cement
२०८२ मंसिर २८ गते १३:५९
Shares
आइजिपी कार्कीको गुनासो- ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’

काठमाडौं : प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मुलुकमा हुने सबै किसिमका आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाउने गरिएको उनको भनाइ छ । उनले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरूलाई निर्देशन समेत दिए । 

उनले भने, ‘मूलभुत रुपमा प्रहरीका संरचनाहरु यसपाला पनि ध्वस्त भए । नेपालको इतिहासमा यसभन्दा पहिलेका राजनीतिक र अन्य किसिमका आन्दोलनमा प्रहरी मात्रै तारोमा पर्छ । यसलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो पनि बनाउने पनि गरिन्छ । नागरिक र प्रहरीको साझेदारीमा हामीले यस्तो प्रवृत्तिलाई अन्त्य गर्दै शान्ति सुव्यवस्था कायम हुनेगरी काम गर्न हाम्रा प्रहरी कर्मचारीहरूलाई निर्देशन पनि दिन्छु ।’

जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो ।

सम्बन्धित खबर