२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

वरिष्ठ उपाध्यक्ष पद हटाउने एमालेको निर्णय 

shivam cement
२०८२ मंसिर २८ गते १४:३२
Shares
वरिष्ठ उपाध्यक्ष पद हटाउने एमालेको निर्णय 

काठमाडौं : नेकपा (एमाले)ले विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । 

१०औं महाधिवेशनबाट बनेको केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारी संख्या बढाउँदै १९ जनाको प्रस्ताव बन्द सत्रमा पेस गर्ने भएको छ । 

१०औं महाधिवेशनमार्फत वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल निर्वाचित भएका थिए । उनी ११औं महाधिवेशनमा आइपुग्दा अध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । यसअघि गत भदौमा गोदावरीमा भएको विधान महाधिवेशनले पदाधिकारी १५ जना तय गरेको थियो । 

त्यसैगरी पोलिटब्युरो ९९ सदस्यीय र केन्द्रीय कमिटी ३ सय १ सदस्यीय बनाइने छ ।

सम्बन्धित खबर