२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

विधान संशोधनप्रति संस्थापन इतरको असन्तुष्टि 

shivam cement
२०८२ मंसिर २८ गते १५:२०
Shares
विधान संशोधनप्रति संस्थापन इतरको असन्तुष्टि 

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत आइतबार बसेको केन्द्रीय कमिटी बैठकले विधान संशोधन गर्ने निर्णय गरेको छ । तीन महिनाअघि विधान महाधिवेशनबाट पारित गरिएको पदाधिकारी संख्या घटाउने निर्णय उल्ट्याएपछि सो समूहले विरोध गरेको हो । 

विधान महाधिवेशनले पदाधिकारी १९ बाट घटाएर १५ जनामा सीमित गर्ने निर्णय गरे पनि महाधिवेशन सुरु भइसकेपछि बसेको केन्द्रीय समिति बैठकले पुनः १९ जना पदाधिकारी बनाउने प्रस्ताव अघि सारेको हो ।

अध्यक्ष केपी शर्मा ओलीको चाहनामा उक्त प्रस्ताव आएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले विरोध जनाएको छ । उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य तथा सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्टले विरोध जनाएका छन् । 

विरोधका बाबजुद ओलीले विधान संशोधन गराएको बैठक स्रोतको भनाइ छ । जारी महाधिवेशनमा पोखरेलले अध्यक्षमा ओलीलाई चुनौती दिने तयारी गरेका छन् ।

सम्बन्धित खबर