
काठमाडौं : नेकपा (एमाले)को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व करिब ५ प्रतिशत सुनिश्चित गरिएको छ ।
११औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीमा सबै ८ प्रदेशबाट एक–एक जना युवा रहनेछन् ।
साथै खुला कोटाबाट २, जनजाति/आदिवासीतर्फ २, मधेशीतर्फ २ र दलिततर्फ १ जना युवा समेटिँदा जम्मा १५ जना युवा सदस्य हुनेछन् ।
युवाका लागि ५ प्रतिशत कोटा राखिएको छ । यद्यपि केन्द्रीय कमिटीमा १० देखि १५ प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग उठ्दै आएको छ ।
सचिव योगेश भट्टराईले सचिवालय बैठकमा १५ प्रतिशत युवा कोटा प्रस्ताव गरेका छन् ।