२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले ११औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

shivam cement
२०८२ मंसिर २८ गते १९:१३
Shares
एमाले ११औं महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोग अध्यक्ष विजय सुब्बाले कार्यतालिका सार्वजनिक गरेका हुन् । 

कार्यतालिका अनुसार सोमबार बिहान ७ बजेदेखि निर्वाचन कार्यक्रम सुरु हुनेछ । मंगलबार बिहान ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ ।

८ देखि ९ बजेसम्म दाबी विरोध लिइनेछ । साढे ९ बजे दाबी विरोधको सूचना प्रकाशन र १० बजे छानबिन हुनेछ । सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ ।

मंगलबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । पुस १ गते बिहान ११ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित खबर