
काठमाडौं : नेकपा एमालेको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा रहेका पृथ्वीसुब्बा गुरुङले महाधिवेशनमा हुने प्रतिस्पर्धालाई लिएर पार्टी नफुट्ने दाबी गरेका छन् ।
सोमबार भृकुटीमण्डपमा जारी पार्टी महाधिवेशनको बन्दसत्र स्थलमा पार्टीको संस्थापन पक्षबाट उपाध्यक्षको उम्मेदवारी दिने तयारी गरिरहेका उनले सो टिप्पणी गरेका हुन् ।
गुरुङले एमाले प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएकाले पराजित भएकाहरूले पार्टी छोडने काम नगर्ने जिकिर गरे । उनले पार्टीलाई अझ सशक्त, अझ सुदृढ बनाउनका लागि नेतृत्व चयन प्रतिस्पर्धाको आधारमा गर्ने निर्णय गरिएको पनि स्पष्ट पारे ।
गुरुङले निर्वाचनमा पराजित हुनेहरूलाई समेटेर उनीहरूको भावनाको कदर गर्दै पार्टी अघि बढ्ने समेत बताए ।