२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओली र पोखरेलले प्यानलसहित दर्ता गराए उम्मेदवारी

shivam cement
२०८२ मंसिर २९ गते १५:४९
Shares
ओली र पोखरेलले प्यानलसहित दर्ता गराए उम्मेदवारी

काठमाडौं : नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा उनले तेस्रोपटक अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गराएका हुन् । 

अध्यक्ष पदमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । पोखरेलले पनि छुट्टै प्यानलसहित अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेका छन् । उम्मेदवारी दर्तापछि पोखरेलले पार्टीलाई विधि र पद्धतिअनुसार सञ्चालन गर्न आफू मैदानमा उत्रिएको बताए । उनले पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनःव्यवस्थित गर्न आवश्यक रहेको उल्लेख गरे । 

अध्यक्ष पदका उम्मेद्वारद्वय ओली–पोखरेलबीच भारी प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यसअघि नेतृत्व चयनका लागि ओली समूहले प्रस्ताव गरेको नामप्रति नेताहरूले असन्तुष्टि जनाएका छन् ।

सम्बन्धित खबर