२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पदाधिकारी नपाएपछि यी नेताले छाडे ओली समूह

shivam cement
२०८२ मंसिर २९ गते १५:५५
Shares
पदाधिकारी नपाएपछि यी नेताले छाडे ओली समूह

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाएर निर्वाचनको तयारी भइरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै प्यानल बनाएका छन् । 

अध्यक्षका दुबै उम्मेदवार ओली र पोखरेलले उम्मेदवारी दर्ता गराइसकेका छन् । केही पदमा भने आकांक्षी धेरै हुँदा व्यवस्थापनको तनाबमा ओली देखिन्छन् । खासगरी, महासचिवमा बलियो दाबेदारी पेस गरेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा मनोनयन दर्ता गर्न मानिरहेका छैनन् । उनलाई उपाध्यक्षका अर्का उम्मेदवार विष्णु पौडेलले सम्झाइरहेका छन् । 

टिममा नपरेपछि केही नेताहरुले भने समूह नै छाडेका छन् । निवर्तमान ओली सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका रघुजी पन्तले साथ छाडेका छन् । उनी पोखरेल प्यानलबाट उपाध्यक्ष लड्ने तरखरमा छन् । सो समूहले उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम टुंगो गरे पनि एक पद खाली नै राखेको थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतम सचिव लड्न चाहन्थे । तर टिममा नपरेपछि उनी ओली समूह छाडेर स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । ‘अब म स्वतन्त्र उम्मेदवारको रुपमा उपमहासचिव लड्छु’ उनले भने ।  

लामो समय अध्यक्ष ओलीका निकट नेता कृष्णगोपाल श्रेष्ठले पनि ओलीको साथ छाडेका छन् । आफूलाई अपमान र अन्याय गरिएको भन्दै उनी पोखरेल समूहबाट सचिव लड्दैछन् । शिक्षामन्त्री भएका बेला श्रेष्ठले दिएको उनको अभिव्यक्ति अहिले पनि चर्चित छ । त्यतिबेला उनले भनेका थिए,– ‘ओलीलाई सडकमा ल्याउने कोही माइकालाल छ ? केपी ओली फुटबलको पेले हो ।’

बागमती प्रदेश इन्चार्जको जिम्मेवारी नदिएको र काठमाडौंमा जित्ने एक्लो सांसद भए पनि मन्त्री नबनाएकोमा श्रेष्ठको दुखेसो थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नभएकोमा पनि उनी असन्तुष्ट थिए । 

त्यसो त, विगतमा ओलीका निकट सहयोगी नेता गोकुल बास्कोटाले धेरै अघि नै उनको समूह छाडिसकेका छन् । उनले पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका छन् । 

सम्बन्धित खबर