
काठमाडौं : नेकपा (एमाले)का नेता रघुजी पन्तले उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । महाधिवेशन प्रतिनिधिहरूको सुझाव र आग्रहमा उम्मेदवारी दिएको उनले बताए ।
ओली समूहमा रहे पनि प्यानलमा नपरेपछि उनले स्वतन्त्र रूपमा मैदानमा उत्रिएका हुन् । एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् ।