
काठमाडौं : लायन्स क्लब अफ काठमाडौं फिनिक्सको चार्टर हेन्डओभर तथा ओरिएन्टेसन कार्यक्रम शनिबार काठमाडौंको ठमेलस्थित होटल मनाङमा सम्पन्न भएको छ । कार्यक्रम डिस्ट्रिक्ट ३२५ अन्तर्गत आयोजना गरिएको हो ।
लायन्स क्लब अफ काठमाडौं फिनिक्सको आयोजनामा सम्पन्न कार्यक्रम दुई सेसनमा सञ्चालन गरिएको थियो । कार्यक्रमको पहिलो सेसनको अध्यक्षता स्पोन्सर क्लब लायन्स क्लब अफ काठमाडौं टेम्पल गणेशकी अध्यक्ष लायन तृष्णा थापाले गरेकी थिइन् भने दोस्रो सेसनको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं फिनिक्सकी संस्थापक अध्यक्ष लायन दीपशिखा शर्माले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन पार्वती खरेल पाण्डे रहेकी थिइन् । त्यस्तै, विशेष अतिथिका रूपमा डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन रामबहादुर श्रेष्ठ, डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु भण्डारी, डिस्ट्रिक्ट एलसिआइएफ कोअर्डिनेटर लायन अनिता थापा बिष्ट, डिपार्टमेन्ट चिफ लायन अप्सरा आचार्य, जोन चेयरपर्सनहरू लायन सुमन खरेल शर्मा, लायन नवराज पाण्डे, लायन राजेश शाक्यलगायत विभिन्न लायन्स क्लबका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन पार्वती खरेल पाण्डेले क्लब स्थापना भएको छोटो समयमै प्रभावकारी सामाजिक कार्यहरू गर्न सफल भएकोमा प्रशंसा व्यक्त गर्दै आफू गौरवान्वित भएको बताइन् । उनले लायन्स इन्टरनेसनलको उद्देश्य र भूमिकामाथि प्रकाश पार्दै क्लबका गतिविधिहरूलाई अझ सशक्त बनाउँदै लैजान सुझाव तथा मार्गदर्शन प्रदान गरिन् ।

त्यसैगरी, विशेष अतिथि डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन विष्णु भण्डारीले लायन्स क्लब अफ काठमाडौं फिनिक्सले निरन्तर रचनात्मक तथा समाजमुखी कार्य गर्दै आएको उल्लेख गर्दै भविष्यमा अझ उत्कृष्ट कार्य हुनेमा विश्वास व्यक्त गरे ।
चार्टर हेन्डओभर कार्यक्रमसँगै आयोजना गरिएको ओरिएन्टेसन सेसन डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन रामबहादुर श्रेष्ठले सञ्चालन गरेका थिए । साथै, लायन्स क्लब अफ काठमाडौं फिनिक्सका संस्थापक सदस्यहरूलाई प्रमाणपत्र वितरण प्रमुख अतिथि लायन पार्वती खरेल पाण्डेले गरेकी थिइन् ।
