
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नेतृ विन्दा पाण्डेले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।
भृकुटीमण्डपमा जारी मनोनयन प्रक्रियामा अष्टलक्ष्मी शाक्यको प्रस्ताव र महेन्द्रप्रसाद श्रेष्ठको समर्थनमा पाण्डे उम्मेदवार बनेकी हुन् । उनी अध्यक्षका प्रत्यासी ईश्वर पोखरेलको टिममा छन् ।