२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

shivam cement
२०८२ मंसिर २९ गते १७:१०
Shares
उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

काठमाडौं : सरकारले राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न कानुनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । समितिमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन् । निर्वाचनलाई सहज बनाउन संवाद गर्ने उद्देश्य रहेको सरकारले जनाएको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश कुमार श्रेष्ठ र सदस्यमा प्राडा. सुनीति श्रेष्ठ हाडालाई नियुक्त गरेको छ । साथै, सेवा प्रवाहमा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टास्ने अभ्यास हटाउने निर्णय भएको छ ।

बैठकले सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भएका भारतीय २०० र ५०० रुपैयाँका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार रुपैयाँसम्म नेपाल–भारत आवतजावत गर्न सक्ने व्यवस्था गरेको छ ।

सम्बन्धित खबर