२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

टेलिनेट र सेल्सफोर्सले साझेदारी गर्ने

shivam cement
२०८२ मंसिर २९ गते २०:५३
Shares
टेलिनेट र सेल्सफोर्सले साझेदारी गर्ने

काठमाडौं : नेपालको प्रविधि र सञ्चार क्षेत्रका अग्रणी संस्था रमेश कर्प समूह अन्तर्गतको टेलिनेट प्रालिले विश्वकै अग्रणी ग्राहक सम्बन्ध व्यवस्थापन प्रदायक सेल्सफोर्स सँग सहकार्यको घोषणा गरेको छ । नेपाली उद्योग तथा व्यवसायहरूको डिजिटल रूपान्तरणलाई तीव्र गतिमा अगाडि बढाउने उद्देश्यले सो साझेदारी गरिएको हो ।

सो सहकार्यले नेपाली व्यवसाय सञ्चालनको तरिकालाई आधुनिक बनाउँदै उनीहरूलाई विश्वस्तरीय डिजिटल समाधानका साथै विशेषज्ञ स्थानीय समर्थनको पहुँच सुनिश्चित गर्ने जनाइएको छ । टेलिनेट स्थानीय कार्यान्वयन र समर्थन साझेदारका रूपमा रहने, जसले नेपालका कम्पनीहरूलाई सेल्सफोर्सका सबै प्रमुख टुलहरू सजिलै अपनाउन र प्रयोग गर्न सहज बनाउनेछ ।

सेल्सफोर्सका प्रवक्ता प्रवर गौतमले टेलिनेटसँगको सहकार्यमार्फत नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा उत्साहित भएको बताए । त्यस्तै, टेलिनेटका प्रमुख कार्यकारी अधिकृत नवाँकुर सूद ले यस साझेदारीले नेपाली व्यवसायहरूका लागि विश्वस्तरीय डिजिटल उपकरणहरूको प्रयोगमा रहेको चुनौतीलाई समाप्त गर्ने बताएका छन् ।

सम्बन्धित खबर