२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

रिंगेट महँगिदै

shivam cement
२०८२ पुष १ गते ०६:२५
Shares
रिंगेट महँगिदै

काठमाडौं : नेपाली मुद्राको तुलनामा मलेसियाको मुद्रा रिंगेट एक वर्षको अवधिभित्र ४ प्रतिशतभन्दा बढीले महँगो भएको छ । गत जनवरीमा एक मलेसियन रिंगेटको ३३ रुपैयाँ ९९ सय पैसा रहेकोेमा सोमबार अर्थात् १५ डिसेम्बरमा एक रिंगेटको ३५ रुपैयाँ ३५ पैसा पुगेको छ ।

लामो समय ३०÷३१ रुपैयाँको हाराहारीमा रहेकोे मलेसियन रिंगेट गत वर्षदेखि नेपाली तथा अमेरिकी डलरको तुलनामा बलियो देखिएको हो । मलेसियाली रिंगेट बलियो बन्दा त्यहाँ औपचारिक रूपमा कार्यरत ४ लाख बढी नेपाली कामदार र थप अवैधानिक हैसियतमा रहेका नेपालीको आम्दानी बढेको देखिएको छ । 

रिंगेट बलियो भएपछि आप्रवासी कामदारसहितलाई विदेशी उत्पादनहरू किन्न, यात्रा गर्न वा विदेशमा अध्ययनका लागि राहत पुगेको बताइएको छ । रिंगेट बलियो भएपछि मलेसियामा विदेशी सामानको मूल्य कम्तीमा ५ प्रतिशत सस्तो भइसकेको छ ।

रिंगेट बलियो हुँदा मलेसिया आउने पर्यटकको संख्या घट्ने त्रास भने बढेको छ । रिंगेट बलियो बन्दा विदेशी पर्यटकहरूलाई मलेसिया जान र बस्नका लागि पहिलेको तुलनामा बढी खर्च गर्नुपर्नेछ ।

सम्बन्धित खबर