२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

shivam cement
२०८२ पुष १ गते १३:००
Shares
प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्छ : प्रदीप पौडेल

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले प्रदेश सरकारमा तीन जना मन्त्री भए पुग्ने बताएका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको प्रशासनिक संरचनालाई पूर्ण रुपमा डिजिटलाईज गर्नुपर्नेमा जोड दिए ।

संघीयतालाई कम खर्चिलो बनाउन डिजिटलाईजेशन गर्नुपर्ने उनको भनाइ छ । उनले प्रदेशमा मुख्यमन्त्री, वित्तियमन्त्री र प्रशासनमन्त्री भए हुने बताए । संघीयता हटाउनु समाधान नभई छरितो बनाउनु आजको आवश्यकता उनले औंल्याए ।

संघीयता छरितो बनाउनका लागि चालु खर्च घटाउनुपर्नेमा उनले जोड दिए । चालु खर्च कम गर्नका लागि सरकारी संरचनालाई डिजिटलाइजेसन गर्नुको विकल्प नभएको उनले बताए । प्रशासनिक संरचनालाई पूर्णरुपमा डिजिटलाइज गर्नसके नेपालको चालु खर्च दुई तिहाई कटौती हुने उनको दाबी छ ।

उनले प्रविधि विकास र नागरिकको स्वतन्त्रता पनि जोडिएको बताए । प्रविधिको प्रयोगलाई सिर्जनात्मक रुपमा प्रयोग गर्न कानुनी स्पष्टता जरुरी रहेको उनको भनाइ छ । कानुन निर्माण गर्दा नागरिकको स्वतन्त्रता हनन हुनेगरी गर्न नहुनेमा पनि उनले स्पष्ट पारे । 

उनले सामाजिक सञ्जाललाई नेपालमा दर्ता गर्ने कुरामा समस्या नरहेपनि दर्ताको नाममा बन्द गरिने कार्य भने सह्य नहुने बताए । नागरिकको स्वतन्त्रता हनन हुनेगरी कुनै कानुन बनाउन नहुने उनको भनाइ छ ।

सम्बन्धित खबर