२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

हुण्डी कारोबार गर्ने गतिविधिमाथि कडाइ

shivam cement
२०८२ पुष १ गते १४:५२
Shares
हुण्डी कारोबार गर्ने गतिविधिमाथि कडाइ

काठमाडौं : नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी गतिविधिमा वित्तीय लगानी निवारण गर्न सरकारको नीतिअनुसार विदेशमा अनौपचारिक रूपमा विप्रेषण (हुण्डी) कारोबार गर्ने गतिविधिमाथि कडाइ गरिएको छ । 

संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले विदेशमा रही हुण्डी कारोबार गरेको वा नेपालमा रकम नपठाएको गोप्य सूचना विद्युतीय माध्यमबाट नियमित रूपमा परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय तथा सम्बन्धित निकायमा पठाउँदै आएको जनाएको छ । 

दूतावासले यूएईमा कार्यरत नेपाली नागरिक, व्यक्ति तथा संस्थालाई अनौपचारिक विप्रेषण कारोबार नगर्न र नगराउन आग्रह गर्दै यदि कसैले त्यस्तो गैरकानुनी कारोबार गरेको पाइएमा प्रमाणसहित सम्बन्धित विवरण दूतावासको इमेलमा उपलब्ध गराउन अनुरोध गरेको छ । 

गैरकानुनी वित्तीय कारोबार निरुत्साहित गर्न सम्पूर्ण नेपाली समुदायको सहयोग आवश्यक रहेको दूतावासले जनाएको छ ।

सम्बन्धित खबर