२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले संस्थापनबाट उपाध्यक्षका प्रतिस्पर्धी रघुजी पन्त

shivam cement
२०८२ पुष १ गते १५:१८
Shares
एमाले संस्थापनबाट उपाध्यक्षका प्रतिस्पर्धी रघुजी पन्त

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा संस्थापन पक्षले उपाध्यक्षमा रघुजी पन्तलाई अघि सारेको छ । प्रदीप ज्ञवालीले उक्त पदमा अनिच्छा देखाएपछि पन्तलाई अघि सारिएको हो । 

यसअघि नै उपाध्यक्षका आकांक्षी पन्तलाई केन्द्रीय सदस्यमा राखिएको थियो । त्यसपछि उनले स्वैच्छिक रूपमा उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका थिए । 

यसअघि संस्थापन पक्षले प्रस्ताव गरेको उम्मेदवारको सूचीमा ज्ञवालीलाई उपाध्यक्ष र पन्तलाई केन्द्रीय सदस्यमा राखिएको थियो । उनीहरू दुवैले असन्तुष्टि जनाएपछि ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् भने पन्त उपाध्यक्ष पदमा भिड्ने पक्का भएको छ ।

सम्बन्धित खबर