
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत मंगलबार अपराह्न ४ बजेदेखि मतदान हुँदैछ । मतदानअघि भृकुटीमण्डपमा उम्मेदवारहरू प्रतिनिधिसँग मत मागिरहेका छन् ।
यसपटक केपी शर्मा ओली र ईश्वर पोखरेल समूहबीच पदाधिकारीका लागि प्रतिस्पर्धा छ । ओली पक्षका महासचिव आकांक्षी प्रदीप ज्ञवालीले उपाध्यक्षको प्रस्ताव अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत ओली टिमका लागि मत मागेका ज्ञवाली दिउँसो भृकुटीमण्डप पुगेर शंकर पोखरेलसँगै मत माग्दै गरेको अवस्थामा देखिएका छन् ।