२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : मतदान गर्न प्रतिनिधिहरू पुगे भृकुटीमण्डप, लागे लाइन

shivam cement
२०८२ पुष १ गते २०:०७
Shares
एमाले महाधिवेशन : मतदान गर्न प्रतिनिधिहरू पुगे भृकुटीमण्डप, लागे लाइन

काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानको तयारी भएको छ । केन्द्रीय निर्वाचन आयोगले केहीबेरमै मतदान कार्य सुरु गर्ने तयारी गरेको जनाएको छ । 

विभिन्न पदमा निर्वाचन हुने तयारी भइरहेको आयोगका केन्द्रीय सचिव डा. कुन्साङ लामाले बताए । उनका अनुसार प्राविधिक व्यवस्थापनमा देखिएको कठिनाइका कारण मतदान विलम्ब भएको बताए । 

अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । उनीहरू दुवैले आ–आफ्‌नो प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । 

निर्वाचनमा ८० विद्युतीय मेसिनबाट मतदान गराउने तयारी भएको लामाले बताए । उनका अनुसार एक जनालाई मतदान गर्दा झन्डै ३० मिनेट लाग्नेछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा भएको थियो भने बन्दसत्र भृकुटीमण्डमा जारी छ । 

नेतृत्व चयनका लागि मतदानमा कुल २ हजार २ सय ६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुनेछन् । मतदानका लागि अधिकांश प्रतिनिधि मतदानस्थलमा पुगिसकेका छन् । 

दिउँसो निर्वाचन कार्यतालिकामा अपरान्ह ७ बजेदेखि मतदान गर्ने भनिए पनि अझै सुरु भएको छैन ।

सम्बन्धित खबर