२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

shivam cement
२०८२ पुष २ गते ०९:०३
Shares
एमाले महाधिवेशन : नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ : नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । मतदान समय आज बिहान ८ बजेका लागि तोकिएको छ ।

मंगलबार बिहान १० बजेपछि मतदान तालिका सर्दै साँझ लाइन बसेका प्रतिनिधिहरू २ घण्टा लाइन बसेपछि मतदान स्थगित भएको थियो । उनीहरू राति मतदान स्थगित भएको सूचनापछि बासस्थल गएका थिए । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने गरी मतदान स्थगित गरिएको नेकपा एमालेले जनाएको छ । 

मतदानका लागि तयार पारिएको विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएपछि मतदान आजलाई सरेको हो ।

एमालेको ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समूह प्यानल नै निर्माण गरेर निर्वाचनमा होमिएको छ ।

सम्बन्धित खबर