
काठमाडौँ : प्रतिनिधि सभा विघटनको निर्णय बदर हुनुपर्ने माग गरी कांग्रेस सांसदहरूले दायर गरेको रिट निवेदनमाथि बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै छ ।
सर्वोच्च अदालतले निवेदनमाथि सुनुवाइका लागि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. नहकुल सुवेदी रहेको इजलास गठन गरेको छ ।
श्याम घिमिरे लगायत काँग्रेसका केही सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।