
काठमाडौँ : नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अहिले जारी छ ।
पछिल्लो मत परिणामअनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले अग्रता लिएका छन् । केपी ओलीले ४८९ ल्याउँदा इश्वर पोखरेल १७७ पाएका छन् ।
त्यस्तै महासचिवमा शंकर पोखरेल ३६४ पाएका छन् भने सुरेन्द्र पाण्डेको ३०२ मत छ ।
अन्य पदाधिकारीहरुको पनि मत परिणाम आउने क्रम जारी छ ।