२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पार्टीमा मेरो सहभागिता अटुट रहनेछ : पोखरेल

shivam cement
२०८२ पुष ३ गते १४:४७
Shares
पार्टीमा मेरो सहभागिता अटुट रहनेछ : पोखरेल

काठमाडौं : नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेलले आफू विजयी नभए पनि पार्टीको अभियानमा निरन्तर संलग्न रहने बताएका छन् । 

मत परिणामपछि फेसबुकमार्फत प्रतिक्रिया दिँदै उनले एमालेको देशभक्तिपूर्ण, लोकतान्त्रिक र समाजवादको आधार निर्माण गर्ने अभियानमा आफ्नो सहभागिता अटुट रहने उल्लेख गरेका छन् । साथै, निर्वाचित नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका छन् । 

महाधिवेशनमा उठाइएका जनताको बहुदलीय जनवाद, सामूहिक नेतृत्व, विधि–पद्धतिअनुसार पार्टी सञ्चालन तथा ‘नियन्त्रण र सन्तुलन’का विषयमा बहस नयाँ स्तरमा अघि बढ्ने विश्वास उनले व्यक्त गरेका छन् ।

सम्बन्धित खबर